पिएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, मतदान जारी
पाेखरा | चैत १०, २०८१
पोखरा: पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते निर्वाचनको मिति तोकेपनि निर्वाचन अधिकृतबाट मतपत्रमा त्रुटि हुँदा मतदान हुन सकेको थिएन ।
चैत ६ गते बसेको सर्वपक्षीय बैठकले चैत १० गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो । २०६५ साल यता स्ववियूको निर्वाचन हुन सकेको थिएन ।
अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् । यहाँ ९ हजार २७० विद्यार्थी रहेका छन् ।
अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

